Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

खोलाले मोटरसाइकल बगाउँदा श्रीमान् बेपत्ता श्रीमती घाइते

खोलाले मोटरसाइकल बगाउँदा श्रीमान् बेपत्ता श्रीमती घाइते

  • काठमाडौं । सुनसरीको बराहक्षेत्र नगरपालिकामा खोलाले बगाउँदा एक जना बेपत्ता भएका छन् । दूधपानी खोलाले मोटरसाइकल बगाउँदा मोटरसाइकलमा सवार सर्लाही हरिवानका मनिष पाँचकोटी बेपत्ता भएका छन् । उनकी श्रीमती सिलु खड्की घाइते भएकी छन् ।

    onlinepatrika
    Arghakhachi

    खोला तर्ने क्रममा मोटरसाइकल सहित उनीहरूलाई बगाएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

    AGNI GROUP

    बागमती प्रदेश ०२-०४७ प ७३८ नम्बरको मोटरसाइकल बराह क्षेत्र नगरपालिका-१ दूधपानी खोला तर्दै गर्दा बगाएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता योगराज खतिवडाले जानकारी दिए ।

    मोटरसाइकल काठमाडौँबाट धनकुटातर्फ आउँदै गरेको प्रहरीले जनाएको छ । घाइते खड्गीको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij