Logo

May 19 2025 | २०८२, जेठ ५ गते

May 19 2025 | २०८२, जेठ ५ गते

बाँसबारी जग्गा प्रकरण: अरुण चौधरीसहित ३ जना रिहा हुँदै, अनुसन्धान जारी रहने

बाँसबारी जग्गा प्रकरण: अरुण चौधरीसहित ३ जना रिहा हुँदै, अनुसन्धान जारी रहने

  • काठमाडौं । अदालतको दबाबमा बाँसबारी छाला तथा जुत्ता कारखाना लिमिटेडको १० रोपनी सरकारी जग्गा हिनामिना गरेको आरोपमा पक्राउ परेका अरुणकुमार चौधरीसहित ३ जना आज छुट्दैछन् ।

    images
    images
    images

    बाँसबारी छाला जुत्ता कारखाना लिमिटेडका कार्यकारी अध्यक्ष अजिनारायण सिंह थापा र सीजी चाँदबाग रेसिडेन्सी प्रालिका सञ्चालक सञ्जय ठाकुर पनि छुट्नेछन् । जिल्ला अदालत, काठमाडौंका न्यायाधीश यज्ञप्रसाद आचार्यको इजलासको आदेशअनुसार उनीहरूलाई बुधबार छाड्ने तयारी छ ।

    images

    ‘२५ दिनभित्र नै हिरासतमा राखेर अनुसन्धान गर्नुपर्ने अवस्था नदेखिएको’ भन्दै थप बुझ्नुपर्ने भए दुई दिनभित्र बाँकी काम सम्पन्न गर्नू भन्ने आदेश गरेपछि प्रहरीले तीन जनालाई छाड्न लागेको हो ।

    अदालतको आदेशपछि प्रहरीले यही दफा प्रयोग गरेर तीन जनालाई छाड्न लागेको बाँसबारी जग्गा प्रकरणको अनुसन्धान गरिरहेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का एक अधिकृतले बताए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij