
May 19 2025 | २०८२, जेठ ५ गते
काठमाडौं । बझाङमा दुई बालक बेपत्ता भएका छन् । केदारस्यूँ गाउँपालिका–८ सुकानाउलाका जयभान बोहराका दुई छोरा घरबाटै बेपत्ता भएका हुन् । दिउँसो घरमा कोही नभएको समयमा आन्दाजी १२ वर्षीय राहुल बोहरा र ९ वर्षीय राकेश बोहरा बेपत्ता भएको बालकका दाई हरिलाल बोहराले जानकारी दिए ।
जयभान र उनी श्रीमती शान्ति विगत ४ वर्षदेखि रोजगारीको सिलसिलामा भारतको ब्याङ्लोरमा बस्दै आएका छन् । राहुल र राकेशलाई विद्यालय पढाउनका लागि घरमै जेठी आमा सिमचडी बोहरासँग राखिएका थिए ।
जेठी आमा घरको कामले बाहिरी गएको बेला घरबाट उनीहरू बेपत्ता भएको बताइएको छ । कसैले उनीहरूलाई देखे वा भेटेमा ९७४६३२७०१९ सम्पर्क गरि सहयोग गरिदिन पारिवारिक स्रोतले आग्रह गरेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij