
May 19 2025 | २०८२, जेठ ५ गते
काठमाडौं । गोरखापत्र दैनिकका उपसम्पादक ४७ वर्षीय शेषकान्त पण्डितको निधन भएको छ । आन्द्राको क्यान्सर भएका पण्डितको ललितपुरको मेडिसिटी अस्पतालमा उपचारका क्रममा आज बिहान ३ बजे उनको निधन भएको हो ।
तनहुँको भानु नगरपालिका–१२ मा जन्मिएका पण्डितका श्रीमती, एक छोरा र एक छोरी छन् ।
शिक्षा पत्रकार समाजका महासचिव पण्डित पत्रकारिता तथा सामाजिक अध्ययनको अध्यापन र पुस्तक लेखनमा पनि संलग्न थिए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij