Logo

May 19 2025 | २०८२, जेठ ५ गते

May 19 2025 | २०८२, जेठ ५ गते

धादिङमा गुडिरहेको बसमा आगो लाग्यो

धादिङमा गुडिरहेको बसमा आगो लाग्यो

  • काठमाडौं । धादिङमा गुडिरहेको बसमा आगो लागेको छ । मंगलबार बिहान करिब साढे २ बजे भैरहवाबाट काठमाडौंतर्फ आउँदै गरेको लु१ख ९१९० नम्बरको यात्रीवहाक बसमा आगो लागेको प्रहरीले जनाएको छ ।

    images
    images
    images

    गजुरी गाउँपालिका–२, चालिसेमा सो घटना भएको वाग्मती प्रदेश प्रहरी कार्यालयले जानकारी गराएको छ ।
    प्रहरीका अनुसार, एक्कासि ब्याट्री सर्ट भई बसको पछाडि भागको डिक्कीमा आगो लागेको थियो । आगलागीबाट बसको पछाडिको भाग र बायाँ ‘साइड’मा क्षति पुगेको छ ।

    images

    आगलागीका कारण बस नचल्ने अवस्थामा पुगेको छ । डिक्कीमा राखिएको सामान जलेर क्षति भएको छ । यात्री कसैलाई केही नभएको र आगो पूर्ण रूपमा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij