
May 11 2025 | २०८२, वैशाख २८ गते
काठमाडौं । एसबिआई बैंक लिमिटेडका कर्मचारीले बैंकको गोपनीयता नीति तथा कार्यविधिहरूबारे अद्यावधिक रहने प्रतिज्ञा गरेका छन् । ‘डाटा गोपनीयता दिवस’को अवसरमा कर्मचारीले डाटा सुरक्षामा सजग, सचेत रहने र कार्यस्थल तथा ग्राहकको सबै व्यक्तिगत तथा वित्तीय जानकारीहरू गोप्य राख्ने प्रतिज्ञा गरेका हुन् ।
बैंकका प्रबन्ध–निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत दीपककुमार देले, नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख वित्तीय अधिकृत राजेशकुमार पण्डा, प्रमुख सञ्चालन अधिकृत यादवेन्द्र कान्त, प्रमुख कर्जा अधिकृत श्री अर्जुन नेपाल, प्रमुख प्रविधि अधिकारी, सुनन्द मल्होत्रालगायतले सबै कर्मचारीलाई गोप्य राख्न प्रतिज्ञा गराए ।
हाल यस बैंकले ९७ शाखा, २२ एक्स्टेन्सन काउन्टर, ७ प्रादेशिक कार्यालय, १ कर्पोरेट अफिस, एक सय २१ एटिएमबाट आफ्नो आन्तरिक तथा विश्वव्यापी नेटवर्कमार्फत सेवा प्रदान गर्दै आएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij