Logo

May 10 2025 | २०८२, वैशाख २७ गते

May 10 2025 | २०८२, वैशाख २७ गते

अनलाइन नवीकरण

अनलाइनबाटै स्वास्थ्य बिमाको नवीकरण

अनलाइनबाटै स्वास्थ्य बिमाको नवीकरण

नागरिक एपमार्फत लिङ्क गरेर अनलाइन नवीकरणको व्यवस्था गरिएको हो ।

  • काठमाडौँ । स्वास्थ्य बिमाको नवीकरण पेमेन्ट वालेट र आइपिएस जस्ता सेवा प्रदायकबाट गर्न सकिने भएको छ। स्वास्थ्य बिमा बोर्डले हालै यस्तो व्यवस्था गरेको कार्यकारी निर्देशक डा.रघुराज काफ्लेले जानकारी दिनुभयो ।

    images
    images
    images

    उहाँका अनुसार नागरिक एपमार्फत लिङ्क गरेर अनलाइन नवीकरणको व्यवस्था गरिएको हो । अब मोबाइलबाटै सजिलै नवीकरण गर्न सकिने भए पछि सेवाग्राहीलाई सहजता हुने विश्वास बोर्ड छ ।

    आफू बसेको ठाउँबाट सेवा लिन सकिने तथा दर्ता गरेको एक महिनाभित्रै सेवा लिन सकिने गरी स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलको प्रस्तावमा मन्त्रिपरिषद बैठकबाट निर्णय भएर कार्यान्वयनमा आएको छ । यो भन्दा पहिले दर्ता गरेको तीन महिनाभित्र सेवा लिन सक्ने व्यवस्था थियो ।

    अनलाइन नवीकरण विगतमा नै निर्णय भए पनि कार्यान्वयनमा अभ्यासमा आएको थिएन । नागरिकले तत्काल यो सेवाबाट नवीकरण गर्न सक्ने सूचना अधिकारी विकेस मल्लले जानकारी दिनुभयो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij