Logo

Jun 07 2026 | २०८३, जेठ २४ गते

Jun 07 2026 | २०८३, जेठ २४ गते

माउन्टेन इनर्जीको खुद नाफा ५०.४५ प्रतिशतले बढ्यो

माउन्टेन इनर्जीको खुद नाफा ५०.४५ प्रतिशतले बढ्यो

  • काठमाडौं । माउन्टेन इनर्जी नेपाल लिमिटेडको खुद नाफा ५०.४५ प्रतिशतले बढेको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमासको अपरिस्कृत वित्तीय विवरणअनुसार कम्पनीको खुद नाफा ५०.४५ प्रतिशतले बढेको हो ।

    onlinepatrika
    Arghakhachi

    कम्पनीले चैत मसान्तसम्म ४६ करोड ५० लाख ६४ हजार रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा भने ३० करोड ९१ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

    AGNI GROUP

    तेस्रो त्रैमाससम्ममा कम्पनीले विद्युत बिक्रीबाट ९२ करोड २७ लाख ६६ हजार रुपैयाँ आम्दानी गरेको छ । जुन अघिल्लो आर्थिक वर्षको यसै अवधिको तुलनामा ६.०५ प्रतिशत बढी हो । अघिल्लो आर्थिक वर्षको यसै अवधिमा कम्पनीको विद्युत बिक्रीको आम्दानी ८७ करोड १ लाख रुपैयाँ थियो ।

    यस अवधिमा कम्पनीले बिमा दाबी भुक्तानी अन्तर्गत ८ करोड ५६ लाख रुपैयाँ प्राप्त गरेको छ । साथै कम्पनीको ब्याज खर्च २० करोड ७८ लाखबाट घटेर १८ करोड १७ लाख कायम भएको छ । विद्युत बिक्रीको आम्दानी बढेको, बिमा दाबी भुक्तानीको रकम पाएको र ब्याज खर्च पनि घटेको लगायतका कारणले कम्पनीको खुद नाफा बढेको हो ।

    यस अवधिमा कम्पनीको चुक्ता पुँजी २ अर्ब ६० करोड २७ लाख रहेको छ भने रिटेन अर्निंगमा १ अर्ब १९ करोड रहेको छ । यस अवधिमा कम्पनीको प्रति सेयर आम्दानी १७.८७ रुपैयाँ रहेको छ भने प्रति सेयर नेटवर्थ १४५ रुपैयाँ ८७ पैसा रहेको छ ।

    माउण्टेन इनर्जीले निर्माण सम्पन्न गरेका ४२ मेगावाटको मिस्ट्रीखोला हाइड्रो र ५ मेगावाटको ताँदीखोला हाइड्रो परियोजनाले नियमित विद्युत उत्पादन गरिरहेका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij