Logo

May 10 2025 | २०८२, वैशाख २७ गते

May 10 2025 | २०८२, वैशाख २७ गते

पत्रकार झापालीको ‘हिजाब’ सार्वजनिक

पत्रकार झापालीको ‘हिजाब’ सार्वजनिक

  • काठमाडौं । पत्रकार गोपाल झापालीको कथा संग्रह ‘हिजाब’ सार्वजनिक भएको छ । भुँडीपुराण प्रकाशनले प्रकाशन गरेको उक्त कथा संग्रह शुक्रबार देखि बजारमा आएको हो ।

    images
    images
    images

    लामा तथा छोटा गरि २१ ओटा कथा संग्रहीत संग्रहको भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाल तथा मन्त्रालयका सचिव केशवकुमार शर्माले सार्वजनिक गरेका हुन् ।

    २४२ पृष्ठको संग्रहमा अधिकांश कथाहरुमा यथार्थपरक र नेपाली समाज भित्रैकै विषयहरु समेटिएको छ । केहि कथा भने स्वैरकल्पनाका आधारमा पनि लेखिएको कथाकार झापालीले जनाएका छन् । विभिन्न कालखण्डमा लेखिएका कथा तथा लघुकथाहरु समेटेर पहिलो पटक संग्रह सार्वजनिक गरिएको उनले जनाए ।

    झण्डै अढाई दशक देखि विभिन्न छापा तथा विद्युतीय माध्यममा सञ्चारकर्म गर्दै आएका झापालीका कथा, निवन्ध तथा अन्य रचनाहरु फुटकर रुपमा प्रकाशन हुँदै आएका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij