Logo

May 11 2025 | २०८२, वैशाख २८ गते

May 11 2025 | २०८२, वैशाख २८ गते

एसियन लाइफ इन्स्योरेन्सको लाभांश घोषणा

एसियन लाइफ इन्स्योरेन्सको लाभांश घोषणा

  • काठमाडौं । एसियन लाइफ इन्स्योरेन्सले सेयरधनीका लागि लाभांश घोषणा गरेको छ । कम्पनीको १८८ औं सञ्चालक समिति बैठकले गत आर्थिक वर्ष २०७९/८० सम्मको सञ्चित नाफाबाट ७.७५ प्रतिशत बोनस सेयर दिने निर्णय गरेको हो ।

    images
    images
    images

    साथै सो को कर प्रयोजनार्थ नगदसहित कुल २५ करोड ७४ लाख रुपैयाँ बराबरको लाभांश दिने निर्णय बैठकले गरेको हो । सो लाभांश बीमा प्राधिकरणबाट स्वीकृत भएपश्चात साधारणसभाबाट पारित भई लगानीकर्ताले पाउने छन् । कम्पनीले गत आर्थिक वर्षमा ८.५० प्रतिशत बोनस सेयर र सोमा कर प्रयोजनार्थ ०.४५ प्रतिशत नगद लाभांश दिएको थियो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij