
May 19 2025 | २०८२, जेठ ५ गते
ललितपुर । प्रहरी परिसर ललितपुरले सुरक्षा योजनालाई विशेष बनाएको छ । सुरक्षा रणनीति अनुसार ललितपुर प्रहरीले आकस्मिक चेकजाँच प्रारम्भ गरेको छ । सातदोबाटो, लगनखेल, सानेपा, कुमारीपाटी र कुपण्डोलका मुख्य सडक र भित्री सडकमा प्रहरीको दलबलले आकस्मिक चेकजाँच अप्रशेन शुरु गरेको प्रहरी स्रोतले जनाएको छ ।
प्रहरी परिसर ललितपुरका प्रमुख तथा एसएसपी शेखर खनाल आएदेखि मातहतका प्रहरीलाई नागरिकको सुरक्षामा कुनै सम्झौता नगर्न निर्देशन दिएका छन् । स्रोतका अनुसार ललितपुरका प्रमुख जिल्ला अधिकारी तुलसी श्रेष्ठ र प्रहरी प्रमुख एसएसपी खनालले ललितपुरभित्रको सुरक्षा रणनीतिलाई अझ उत्कृष्ट बनाउन लागि परेका छन् ।
फाइल तस्वीर ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij