Logo

May 11 2025 | २०८२, वैशाख २८ गते

May 11 2025 | २०८२, वैशाख २८ गते

ईमेज सहकारीका काेषाध्यक्ष पक्राउ

ईमेज सहकारीका काेषाध्यक्ष पक्राउ

  • काठमाडौं । बागलुङको ईमेज बचत तथा ऋण सहकारी संस्था लि.का सञ्चालक समितिका काेषाध्यक्ष पक्राउ परेकी छन् । पक्राउ पर्नेमा बागलुङ घर भएकी २७ वर्षीय लक्ष्मी सेन सुनार रहेकी प्रहरीले जनाएको छ ।

    images
    images
    images

    सरिता तिमल्सेना (कँडेल) समेतकाे संयुक्त्त जाहेरीले वादी नेपाल सरकार प्रतिवादीहरू इमेज बचत तथा ऋण सहकारी संस्था लि. बागलुङका संचालक समितिका अध्यक्ष ५१ वर्षीय देवकुमार नेपाली समेत ८ जना भएको सहकारी ऐन २०७४, अन्तर्गत कसुर प्रतिवादीलाई पक्राउ गर्न बागलुङ अदालतबाट जेठ २४ गते पक्राउ अनुमति बमोजिम देब कुमार समेत ८ जना प्रतिवादीलाई खोजतलास गर्ने क्रममा लक्ष्मीलाई ललितपुरको धाेविघाटबाट बिहीबार पक्राउ गरेको हो ।

    उनलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी बागलुङमा पठाएकाे प्रहरीले जनाएकाे छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij