
May 11 2025 | २०८२, वैशाख २८ गते
काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले प्रस्ताव गरेको लाभांश रद्ध भएको छ । यस वर्ष ६ दशमलव ३२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पुस १३ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गरेको थियो ।
गत आर्थिक वर्ष ०७९/८० को मुनाफाबाट हाल कायम चुक्तापूँजीको आधारमा ४ करोड २० लाख ७६ हजार ३०२ रूपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको कम्पनीले नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम उक्त लाभांश रद्ध गरेको जानकारी दिएको छ । माघ १० गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले राष्ट्र बैंकले वित्तीय विवरण संशोधन गरी पेश गर्न निर्देशन दिएसँगै लाभांश प्रस्ताव रद्ध गर्ने निर्णय गरेको हो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij