
May 19 2025 | २०८२, जेठ ५ गते
काठमाडौं । काठमाडौ महानगर पालिकाले आजदेखि न्युरोड क्षेत्रमा पार्किङ निषेध गरेको छ । यसअघि न्युरोडको पिपलबोट, प्युखा, संकटा सडक, जुद्ध शालिकदेखि इन्द्रचोक सडकलगायतका क्षेत्रमा सडकमा गरिँदै आएको पार्किङ हटाएको हो ।
आजबाट त्यस क्षेत्रमा पार्किङ गर्न नपाइने र गरे कानुन बमोजिम कारबाही गर्ने महानगरले जनाएको छ ।
सडकमा पार्किङ गर्ने परम्परागत परिपाटीमा सुधार गर्ने क्रममा बागबजार, पुतलीसडक, दरबारमार्ग, झोँछेलगायत धेरै ठाउँमा पार्किङ निषेध गरिसकिएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij