
May 19 2025 | २०८२, जेठ ५ गते
काठमाडौंं । गोदावरी क्षेत्रस्थित ठैव बाडेगाउँको एक घरबाट चोरी भएको छ । प्रहरीका अनुसार गोदावरी नगरपालिका-१४ बाडेगाउँको हाडेगाउँ बस्ने बेखराज महर्जनको घरबाट चोरी भएको हो ।
उनको घरबाट नगद ३० हजार रूपैयाँ र सुनका विभिन्न गहना गरी करिब ९ लाख ५२ हजार रूपैयाँ बराबरको धनमाल चोरी भएको प्रहरीको भनाई छ । प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिको खोजी गर्नुको साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले बताएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij