Logo

May 19 2025 | २०८२, जेठ ५ गते

May 19 2025 | २०८२, जेठ ५ गते

हुम्लाले ग¥यो जाजरकोटका भूकम्पपीडितलाई सहयोग

हुम्लाले ग¥यो जाजरकोटका भूकम्पपीडितलाई सहयोग

  • काठमाडौं । हुम्लाको सिमकोट गाउँपालिकाले जाजरकोट र रुकुमपश्चिमका भूकम्पपीडितलाई एक–एक लाख प्रदान गरेको छ । भूकम्पमा ज्यान गुमाएका र पीडित परिवारलाई आर्थिक सहयोगस्वरुप सिमकोट गाउँपालिकाले आज जिल्ला प्रशासन कार्यालय हुम्लामार्फत उक्त रकमको चेक हस्तान्तरण गरेको हो ।

    images
    images
    images
    प्रमुख जिल्ला अधिकारी विनोदकुमार पोखरेललाई एक–एक लाखको चेक सिमकोट गाउँपालिका अध्यक्ष विजय भण्डारी, प्रमुख प्रशासकीय अधिकृत सुवास आले, गाउँपालिका लेखा प्रमुख विशाल बोहराले संयुक्तरूपमा हस्तान्तरण गरेका हुन् । विपद्का बेला सहयोग गर्नु मानवीय धर्म भएको र थोरै भए पनि पीडितलाई सहयोग गरिएको गाउँपालिका अध्यक्ष भण्डारीले बताए । सिमकोट गाउँपालिकाले जिल्ला र जिल्ला बाहिरका भूकम्प, आगलागी, बाढीपहिरोलगायत  विपद्मा परेकालाई सहयोग गर्दै आएको छ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij