
May 19 2025 | २०८२, जेठ ५ गते
काठमाडौं । ललितपुरका विभिन्न स्थानमा विगत १३ वर्षदेखि चोरी गर्ने व्यक्तिलाई प्रहरी १२ औं पटक पक्राउ गरेको छ ।पछिल्लो पटक ३७ लाख १६ हजार बराबरको धनमाल चोरी भएपछि प्रहरी उनको खोजीमा लागेको थियो ।
प्रहरीले पेशेवर चोरको खोजी गर्दा दोलखाको शैलुङ गाउँपालिका-४ घर भएका ४० वर्षीय रघुनाथ बस्नेत भक्तपुरको निकोसेराबाट पक्राउ परेका थिए । बस्नेत गत असोज ३ गते राष्ट्रपतिबाट कैदा माफी मिनाह पाएका बस्नेत जेलबाट बाहिर आउने वित्तिकै पुरानै पेशामा फर्केका हुन् ।
पछिल्लो पटक प्रहरीलाई झुक्याउन उनले कपडा बदल्ने गरेको ललितपुरका एसएसपी शेखर खनालले बताए। ‘चोर्न जाँदा एउटा कपडा लगाएर घरमा पस्ने र निस्केर एकान्त ठाउँमा पुगेपछि अर्को कपडा परिवर्तन गर्ने गरेका रहेछन् रुट पनि एउटै रुट प्रयोग नगर्ने उनको बानी रहेछ’, एसएसपी खनालले भने ।
उनले विदेशीहरु बस्ने घरलाई लक्षित गरेर चोर्न पस्ने उनी कम्तीमा एउटा घरमा ३-४ घण्टा रेकी गर्ने गरेको प्रहरीको दावी छ । उनले ललितपुरमा मात्रै चोरी गर्ने कार्यक्षेत्र बनाएको पनि प्रहरीको दावी छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij