Logo

May 19 2025 | २०८२, जेठ ५ गते

May 19 2025 | २०८२, जेठ ५ गते

ललितपुरको चापागाँउमा आगलागी

ललितपुरको चापागाँउमा आगलागी

  • काठमाडौं । ललितपुरको चापागाँउ टाहाखेलस्थित एक गोठमा आगलागी हुँदा तीन भैसी मरेका छन् । प्रहरीका अनुसार गोदावरी नगरपालिका-१० टाहाखेल बस्ने कृष्ण प्रसाद घिमिरेको नयाँ बस्तीमा पशुपालन फार्मको छाप्रोमा कुडो पकाउने क्रममा आगलागी भएको हो ।

    images
    images
    images

    आगलागीपछि छाप्रोमा ३ वटा भैंसी, भैंसीको दाना, भुसा, पिना, ढुटो, पराल, भुसा काट्ने चाँप कटर मेसिन १ थान र अन्य सरसामान गरी १० लाख २३ हजार ३ सय रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।

    गोठमा दाउरा पराल र सोत्तरलगायत राखिएको ठाँउमा आगो सल्किएको कारण छिट्टै गोठ जलेर नष्ट भएको हो । गोठमा पराललगायत सरसामान र आगो बाल्ने चुलो एकै ठाँउमा भएका कारण दुर्घटना भएको हो ।

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij