
May 19 2025 | २०८२, जेठ ५ गते
काठमाडौं । चितवनमा कारको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।
भरतपुर महानगरपालिका-७ स्थित क्यान्सर अस्पतालको गेट नजिकै बिएबी २८७६ नम्बरको कारले बा.प्र. ०३-००३ प १७७६ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलका चालक गम्भीर घाइते भएका थिए ।
चितवन प्रहरीका अनुसार गम्भीर घाइते भएका माडी नगरपालिका-६ रामराज्यपुरका अन्दाजी ३५ वर्षीय सूर्य सापकोटा भनिने कुल प्रसाद सापकोटालाई उपचारका लागि नयाँ मेडिकल कलेज पठाइएको थियो र डाक्टरले मृत घोषित गरेका थिए ।
घटनाबारे थप अनुसन्धान भइरहेको चितवन प्रहरीले जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij