
May 11 2025 | २०८२, वैशाख २८ गते
काठमाडौं । जिल्ला प्रहरी कार्यालय कास्कीले मित्रमिलन सहकारी संस्था लि.का लेखा संयोजक सूर्य अधिकारी पक्राउ परेका छन् ।
पोखरा महानगर–९, नयाँ बजारस्थित सहकारीका सञ्चालक र अन्य मिलेर करिब २७ करोड रकम हिनामिना गरेको आरोपसँगै उनी पक्राउ परेका हुन् ।
यसअघि मित्रमिलन सहकारी ठगी प्रकरणमा प्रदेश सहकारी रजिस्टार कार्यालयका पूर्व रजिस्टार तथा कुश्मा नगरपालिका पर्वतका प्रमुख प्रशासकीय अधिकृत उदयराज पराजुलीसहित संस्थाका अध्यक्ष रमण पौडेल, सदस्य गोपाल खनाल, कार्यकारी अधिकृत किरण अधिकारी, सल्लाहकार सदस्य राजु बराल र सेयर सदस्य बुद्धि सागर पौडेल पुर्पक्षका लागि कारागार चलान भइसकेका छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij