
May 19 2025 | २०८२, जेठ ५ गते
काठमाडौं । चितवनको भरतपुरमा गएको मंसिर ६ गते बाँधेको अवस्थामा बोराभित्र भेटिएका दुई वटा शवको पहिचान खुलेको छ । उनीहरु भारतीय नागरिक रहेको प्रहरीले जनाएको छ ।
चितवनको भरतपुर महानगरपालिका-१२ स्थित मिलनचोक बोराभित्र पोको पारिएको अवस्थामा शव भेटिएको थियो । उनीहरुको हात, खुट्टा र घाँटी डोरीले बाँधेर हत्या गरेर कल्भर्ट मुनि फालिएको अवस्थामा शव फेला परेको हो ।
भरतपुरमा व्यापार गरेर बस्ने उनीहरुको हत्या पनि भारतीयले नै गरेको प्रहरीले जनाएको छ । शवको पहिचान लामो समयसम्म नभएपछि प्रहरीले पहिलोपटक हुलिया र दोस्रोपटक उनीहरुको स्केच नै सार्वजनिक गरेको थियो । शव एक महिला र पुरुषको रहेको थियो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij