
May 19 2025 | २०८२, जेठ ५ गते
काठमाडौं । विशेष अदालतमा अख्तियारको टोलीबाट घुस रकमसहित पक्राउ परेकी चन्द्रागिरी नगरपालिकाकी असिस्टेन्ट सब–इन्जिनियर विजया लक्ष्मी पन्तविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।
चन्द्रागिरी नगरपालिका-१४ वडा कार्यालयमा कार्यरत पन्तले भवन निर्माण सम्पन्न भएको प्रमाणपत्र दिने क्रममा सेवाग्राहीसँग २५ हजार घुस लिएको आरोप अख्तियारले लगाएको छ । पन्तलाई भ्रष्टाचार निवारण ऐन, २०५ ढ अनुरुप कारबाही र सजायको माग दाबी गरिएको छ ।
अख्तियारले उनलाई ‘स्टिङ अपरेशन’ का क्रममा समातेको थियो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij