
May 25 2025 | २०८२, जेठ ११ गते
काठमाडौं । संखुवासभामा एकजना प्रहरी हवल्दारको मृत्यु भएको छ । सुतेकै अवस्थामा बेहोस फेला परेका उनलाई उपचारका लागि अस्पताल लगिएको थियो ।
अस्पताल पुर्याएपछि उनको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा संखुवासभा जिल्ला कारागारमा राति १० बजेदेखि बिहान २ बजेसम्म ड्युटीमा खटिएका प्रहरी हवल्दार ४१ वर्षीय डिकबहादुर तामाङ छन् ।
ड्युटी सकेर उनी सुत्न गएका थिए । पोशाकमै सुतेको अवस्थामा उनी फेला परेका थिए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij