
May 02 2025 | २०८२, वैशाख १९ गते
काठमाडौं । चालु आर्थिक वर्ष (आव) को ५ महिनामा नेपालमा ९ अर्ब ९७ करोड रुपैयाँ बराबरको एक हजार २ सय एक किलो सुन आयात भएको छ ।
भन्सार विभागले सार्वजनिक गरेको साउनदेखि मंसिरसम्मको आयात तथ्याङ्कअनुसार यस वर्षको सुनको वैधानिक आयात गत वर्षको यसै अवधिको तुलनामा घटेको छ ।
गत वर्ष मंसिरसम्म नेपालले १० अर्ब ७५ करोडको एक हजार ४ सय ६६ किलो सुन आयात गरेको थियो । तथ्यांकअनुसार सुनको आयात परिमाणमा २६५ किलो र आयात रकम करिब ७८ करोडले कम हो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij