
May 11 2025 | २०८२, वैशाख २८ गते
काठमाडौं । यो वर्ष लगानीकर्ताहरूलाई लक्ष्मी लघुवित्त वित्तीय संस्थाले लाभांश वितरण नगर्ने भएको छ । लघुवित्तको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको नाफाबाट लगानीकर्तालाई लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।
कम्पनीको सञ्चालक समितिको १६९औँ बैठकको निर्णयअनुसार यो वर्षको नाफा सञ्चित गरिनेछ । कम्पनीको यो प्रस्तावलाई नेपाल राष्ट्र बैंकले पारित गर्नुपर्नेछ । यस्तै, आगामी वार्षिक साधारण सभाबाट समेत पारित हुनुपर्ने छ ।
लक्ष्मी लघुवित्तले मर्जर तथा प्राप्ति र एफपीओबापतको कर तिरेपछि यो वर्ष नाफा वितरण नगरेको हो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij