Logo

May 12 2025 | २०८२, वैशाख २९ गते

May 12 2025 | २०८२, वैशाख २९ गते

नेपाल मेडिकल कलेज

नेपाल मेडिकल कलेजले माग्यो चिकित्सक

नेपाल मेडिकल कलेजले माग्यो चिकित्सक

सूचना प्रकाशित गरी विभिन्न पदहरुमा विशेषज्ञ चिकित्सक मागेको हो ।

  • काठमाडौं । अत्तरखेल काठमाडौंमा रहेको नेपाल मेडिकल कलेजले विशेषज्ञ चिकित्सक माग गरेको छ । कलेजले एक सूचना प्रकाशित गरी विभिन्न पदहरुमा विशेषज्ञ चिकित्सक मागेको हो ।

    images
    images
    images

    कलेजले प्राध्यापक, सह–प्रध्यापक, सहायक प्राध्यापक र लेक्चर पदमा काम गर्न जनशक्ति माग गरेको जनाएको छ । कलेजले नवजात विज्ञान, इन्टर्नल मेडिसिन, छाला रोग विशेषज्ञ, बाल रोग विशेषज्ञ, फोरेन्सिक मेडिसिनमा जनशक्ति माग गरेको छ । यस्तै, सेमि क्वालिफाइड चार्टर्ड एकाउन्टेन्ट, स्टोर असिस्टेन्ट, रेडियो असिस्टेन्ट माग गरेको छ ।

    योग्यता पुगेका उम्मेदरवारले जेठ ३ गते भित्र आ–आफ्नो व्यक्तिगत बायोडाटा इमेल मार्फत पेश गर्नुपर्ने बताइएको छ । कलेजको स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन दक्ष जनशक्ति माग गरिएको हो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij