
May 12 2025 | २०८२, वैशाख २९ गते
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिट आइतबार सर्वोच्च अदालतमा पेसी तोकिए पनि हेर्न नमिल्नेमा परेको छ ।
न्यायाधीशद्वय सुनिलकुमार पोखरेल र बालकृष्ण ढकालको इजलासमा लामिछानेको मुद्दामा सुनुवाइका लागि पेसी तोकिए पनि हेर्न नमिल्नेमा परेको हो ।
न्यायाधीश पोख्रेलले अधिवक्ता हुँदा रविका विभिन्न मुद्दाहरुमा वकालत गरेका थिए । सोहीकारण उनी सम्मिलित इजलासमा रविको मुद्दा हेर्न नमिल्नेमा परेको हो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij