
May 11 2025 | २०८२, वैशाख २८ गते
काठमाडौं । नेपाल सहकारी पत्रकार समाज (सीजेएन) को अध्यक्षमा पुनः काजी श्रेष्ठ निर्वाचित भएका छन् ।
१३औँ वार्षिक साधारणसभाबाट सर्वसम्मत रूपमा सात सदस्यीय नयाँ कार्यसमिति चयन भएको हो । श्रेष्ठ सहकारी खबरका सम्पादक हुन् ।
त्यस्तै, उपाध्यक्षमा सहकारी सञ्चारका अर्जुन खतिवडा, सचिवमा विकास न्युजका सहसम्पादक सन्तोष रोकाया, सह–सचिवमा मेरो लगानी डटकमकी सुधा देवकोटा र कोषाध्यक्षमा नेपालपत्रका माधवकुमार खड्का चयन भएका छन् ।
सदस्यमा बाह्रखरी डटकमका बलराम बुढाथोकी र अर्थबजार डटकमकी नमिता दुलाल निर्वाचित भएका छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij