
May 20 2025 | २०८२, जेठ ६ गते
काठमाडौँ । अवैध सुन र चाँदीसहित एक भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारतको महाराष्ट्र स्थायी घर भएका ३९ वर्षीय सचिन बिभूते रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय काभ्रेले उनको साथबाट स्रोत नखुलेको रकमसहित विभिन्न सामान पनि बरामद भएको जनाएको छ । सोमबार साँझ उनले अवैध रूपमा ठुलो परिमाणमा सुन तथा चाँदी गाली बिक्री वितरण गर्ने गरेको सूचनाका आधारमा प्रहरी पुगेको थियो ।
खानतलासीका क्रममा बिल नभएको सुन २३५.९ ग्राम सुन, १९०१.२६ ग्राम चाँदी, स्रोत नखुलेको पाँच लाख छयत्तर हजार एक सय पैँतिस रुपैयाँ र भारतीय नगद २२ हजार बरामद भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।
उक्त कार्यमा संलग्न व्यक्तिलाई पक्राउ गरी थप कारबाहीको लागि राजश्व अनुसन्धान विभागमा पठाइएको प्रहरीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij