Logo

May 14 2025 | २०८२, वैशाख ३१ गते

May 14 2025 | २०८२, वैशाख ३१ गते

साना किसान लघुवित्तको नाफा २९ प्रतिशतले बढ्यो

साना किसान लघुवित्तको नाफा २९ प्रतिशतले बढ्यो

  • काठमाण्डौ । साना किसान लघुवित्त वित्तीय संस्थाको नाफा २९ प्रतिशतले बढेको छ । गत आर्थिक वर्षको कम्पनीले २३ करोड २७ लाख रुपैयाँ खुद नाफा कमाएको थियो भने यस वर्ष ३ महिनामा खुद नाफा ३० करोड १४ लाख रुपैयाँ छ ।

    images
    images
    images

    गत आर्थिक वर्षको पहिलो त्रैमासमा कम्पनीले ४३ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेकोमा यो वर्षको सो अवधिमा ५१ करोड ६५ लाख पुगेको छ ।  गत वर्षको असोज मसान्तसम्म कम्पनीको निष्क्रिय कर्जा कुल कर्जामा ०।७५ प्रतिशत रहेकोमा यो असोज मसान्तसम्म बढेर ०।८१ प्रतिशत पुगेको छ ।

    कम्पनीको निक्षेप तथा कर्जामा औसत ब्याजअन्तर (स्प्रेड दर) पहिले ५।११ प्रतिशत रहेकोमा अहिले ४।१४ प्रतिशत रहेको छ । कम्पनीको प्रतिसेयर आम्दानी वार्षिक ३६ रुपैयाँ १९ पैसा छ भने प्रतिसेयर नेटवर्थ २६८ रुपैयाँ ८० पैसा रहेको छ । साना किसान लघुवित्तको सेयर मूल्य बिहीबार बजार बन्द हुँदा प्रतिकित्ता ८७० रुपैयाँ भएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij