Logo

May 14 2025 | २०८२, वैशाख ३१ गते

May 14 2025 | २०८२, वैशाख ३१ गते

जलवायु परिवर्तन

जलवायु परिवर्तनको ठूलो समस्या : मन्त्री राणा

जलवायु परिवर्तनको ठूलो समस्या : मन्त्री राणा

नेपालले जलवायु परिवर्तनको ठूलो समस्या भोगि रहेको छ ।

  • काठमाडौं । परराष्ट्र मन्त्री आरजु राणा देउवाले नेपाल हिमाली देश भएको हुनाले, नेपालले जलवायु परिवर्तनको ठूलो समस्या भोगि रहेको बताएकी छन् ।

    images
    images
    images

    बुधबार काठमाडौंमा आयोजित राष्ट्रिय कार्यशाला दक्षिण एसियाका लागि जलवायु अनुकूलन र लचिलोपन परियोजना कार्यक्रममा उनले नेपालले जलवायु परिवर्तनको ठूलो समस्या भोगि रहेको भन्दै सगरमाथा संवादले विश्वका नीति निर्माता, पत्रकार र विभिन्न समाजलाई जलवायु परिवर्तको बारेमा छलफल गर्न एकै ठाँउमा ल्याउने बताएकी हुन् । 

    उनले भनिन्, ‘नेपाल हिमाली देश भएको हुनाले, नेपालले जलवायु परिवर्तनको ठूलो समस्या भोगि रहेको छ । सगरमाथा संवादले विश्वका नीति निर्माता, पत्रकार र विभिन्न समाज सबैलाई जलवायु परिवर्तको बारेमा छलफल गर्न एकै ठाँउमा ल्याउने काम गर्छ । हामीले यो संवादमा विशेष गरेर हिमालहरुलाई प्राथमिकता दिने छौ ।’

    यस्तै, उनले नेपाललाई बलियो पूर्वाधारको आवश्यकता भएको भन्दै अन्य देशका साझेदारहरूको साथ प्राकृतिक जलवायु स्थिर गर्न र जीविकोपार्जन सहज गर्ने तर्फ लागेको बताईन् ।

    उनले भनिन्, ‘नेपाललाई बलियो पूर्वाधारको आवश्यकता छ । यसैले हामी अन्य देशका साझेदारहरूको साथ हाम्रो देशको सेवा गर्न चाहन्छौं । प्राकृतिक जलवायु स्थिरीकरणकर्ताको रूपमा, आर्थिक पुलको रूपमा विकास गर्दै, र जीविकोपार्जनमा पनि योगदान पु¥याउन चाहन्छौं ।’

    विपद् जोखिम व्यवस्थापनमा धेरै चुनौतीहरुको सामना गर्नुपरेको भन्दै नेपाल विपद् जोखिम न्यूनिकरण, व्यवस्थापन, नीति निर्माण र प्रविधिको विकासको क्षेत्रमा गम्भिर भएर लागि रहेको पनि उनको भनाई छ ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij