
May 14 2025 | २०८२, वैशाख ३१ गते
काठमाडौं । सर्वोच्च अदालतले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई शुक्रबार इजलासमा उपस्थित गराउन आदेश दिएको छ ।
मिश्रको तर्फबाट दायर बन्दीप्रत्यक्षीकरणको रिटमा सुनुवाइ गर्दै न्यायाधीश सुनिलकुमार पोख्रेलको इजलासले यस्तो आदेश दिएको हो ।
गैरकानुनी रूपमा थुनामा राखिएको मिश्रको तर्फबाट श्रीमती सारिका कार्कीले मङ्गलबार रिट दायर गरेकी थिइन् । रिटमा गृह मन्त्रालयलाई विपक्षी बनाइएको थियो ।
नवराज सुवेदी नेतृत्वको संयुक्त जनआन्दोलन समितिका सदस्य सचिवसमेत रहेका मिश्र गत चैत १५ गते पक्राउ परेका थिए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij