
Aug 07 2025 | २०८२, साउन २२ गते
काठमाडौं । आज नेप्से परिसूचकमा दोहोरो अंकको वृद्धि भएको छ । नेप्से विहिबार १८.३० अंकले बढेर २८५०.३७ विन्दुमा पुगेको हो ।
आजको कारोबारमा विभिन्न ३१८ कम्पनीका २ करोड ५४ लाख ३ हजार ५४० कित्ता शेयर ८ अर्ब ५३ करोड ७५ लाख ८१ हजार २५४ मा किनबेच भएको नेप्सेले जनाएको छ ।
आज सिक्लेस हाइड्रोको शेयर सबैभन्दा बढी ९.८१ प्रतिशतले बढेको छ भने बरुण हाइड्रोको शेयर ९.७८ प्रतिशतले बढेको छ । त्यस्तै आज उन्नति लघुवित्तको शेयर सबैभन्दा बढी ८.२६ प्रतिशतले घटेको छ ।
आज सबै भन्दा बढी कारोबार लिबर्टी इनर्जीकोको ३९ करोड र शिभम सिमेन्टको ३६ करोड ९३ लाखको कारोबार भएको नेप्सेले जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij