
Apr 30 2025 | २०८२, वैशाख १७ गते
काठमाडौँ । नेपाली बजारमा शुक्रवार सुनको मूल्यमा सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुन प्रतितोला २ सय रुपैयाँले बढेको जानकारी दिएको छ । आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख १५ हजार ९ सय रुपैयाँ कायम भएको छ ।
त्यस्तै तेजाबी सुनको मूल्य प्रतितोला १ लाख १५ हजार ३ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । यता, चाँदीको मूल्य भने १५ रुपैयाँले घटेको छ । आज चाँदी प्रतितोला १३ सय ९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij