
Apr 30 2025 | २०८२, वैशाख १७ गते
काठमाडौँ । नेपाली बजारमा सोमबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य ५ सय रुपैयाँले घटेको छ । आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख १६ हजार ५ सय रुपैयाँ कायम भएको छ ।
त्यस्तै तेजाबी सुनको मूल्य प्रतितोला १ लाख १५ हजार ९ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । यता, चाँदी पनि ५ रुपैयाँले घटेको छ । आज चाँदी प्रतितोला १४ सय १० रुपैयाँमा किनबेच भइरहेको महासंघले जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij