
Apr 30 2025 | २०८२, वैशाख १७ गते
काठमाडौँ । नेपाली बजारमा आज सुनकाे भाउ बढेकाे छ । आज सुनकाे भाउ तोलामा ५ सय रूपैयाँले बढेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।
योसँगै आज छापावाला सुन १ लाख १६ हजार रुपैयाँमा कारोबार भइरहेकाे छ । गएकाे शुक्रबार प्रतितोला १ लाख १५ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । साथै तेजाबी सुन प्रतितोला १ लाख १४ हजार ४ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।
यता, चाँदीको मूल्य भने स्थिर रहेकाे छ । गएकाे शुक्रबार १४ सय रूपैयाँमा कारोबार भएकाे चाँदी आज पनि साेही मूल्यमा काराेवार भइरहेकाे छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij