
May 01 2025 | २०८२, वैशाख १८ गते
काठमाडौँ । नेपाली बजारमा बिहिबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य ७ सय रुपैयाँले बढेको छ । योसँगै आज छापावाला सुनको मुल्य प्रतितोला १ लाख ९ हजार ५ सय रुपैयाँ कायम भएको छ ।
त्यस्तै तेजाबी सुनको मुल्य प्रतितोला १ लाख ९ हजार रुपैयाँमा कारोबार भइरहेको छ । यता, चाँदी पनि १० रुपैयाँले बढेको छ । आज चाँदी प्रतितोला १३ सय ५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij