Logo

May 22 2025 | २०८२, जेठ ८ गते

May 22 2025 | २०८२, जेठ ८ गते

धर्मगुरु श्रीनिवासाचार्यविरुद्ध आजै मुद्दा दर्ता गरिँदै

धर्मगुरु श्रीनिवासाचार्यविरुद्ध आजै मुद्दा दर्ता गरिँदै

  • काठमाडौँ । आफैंलाई गोली प्रहार गर्न लगाएर चर्चामा आएका धार्मिक गुरु श्रीनिवासाचार्यविरुद्ध सार्वजनिक शान्ति खलल पारेको कसूरमा मुद्दा दर्ता गरिने भएको छ ।

    images
    images
    images

    बिहीबार जिल्ला अदालत, धनुषामा श्रीनिवासाचार्यलाई पेश गरिएकाे थियाे । थप तीन दिन हिरासतमा राखेर प्रहरीले अनुसन्धान गर्न अनुमति पाएकाे छ । उनीविरुद्ध जिल्ला प्रहरी कार्यालय, धनुषाले आजै मुद्दा दर्ता गर्ने तयारी गरेको छ ।

    images

    मुलुकी फौजदारी कार्यविधिमा सार्वजनिक शान्ति खलल पार्ने कसूर सम्बन्धी मुद्दामा एक वर्ष कैद र दश हजार जरिवान हुनसक्ने उल्लेख छ ।यही असाेज १६ गते गुरु श्रीनिवासाचार्य सुनसरीको बराह क्षेत्र नगरपालिकाबाट पक्राउ परेका थिए ।

    images

    विवादास्पद अभिव्यक्ति दिएका कारण उनलाई नियन्त्रणमा लिइएकाे हाे । केही वर्ष अघि विराटनगरको जतुवास्थित एक मन्दिरमा   श्रीनिवासाचार्यले आफैंलाई गोली प्रहार गर्न लगाएका थिए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij