Logo

May 21 2025 | २०८२, जेठ ७ गते

May 21 2025 | २०८२, जेठ ७ गते

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालय

विमानस्थल अध्यागमनका प्रमुख नै मानव तस्करीमा

विमानस्थल अध्यागमनका प्रमुख नै मानव तस्करीमा

  • काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका प्रमुख नै मानव तस्करीमा संलग्न रहेको खुलासा भएको छ ।

    images
    images
    images

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले हिजो मङ्गलबार मात्रै कार्यालयको प्रमुख अध्यागमन अधिकृतबाट सरुवा भई गृह मन्त्रालय पुगेका सहसचिव तीर्थराज भट्टराईलाई नियन्त्रणमा लिएको छ ।

    images

    मानव तस्करीका गिरोहसँग साँठगाँठ रहेको हुन सक्ने प्रमाणहरू फेला परेपछि भट्टराईलाई केहीबेरअघि अख्तियारको टोलीले नियन्त्रणमा लिएको हो ।

    images

    भट्टराईको मोबाइल समेत जफत गरेर जाँच थालिएको र थप कागजातहरूसमेत नियन्त्रणमा लिएर विस्तृत अनुसन्धान हुने अख्तियारका अधिकारीले बताएका छन् ।

    विमानस्थलको अध्यागमन कार्यालयमा आयोगको टोलीले छापा मारेको छ । स्रोतका अनुसार सहसचिव भट्टराईले मानव तस्करीमा संलग्न गिरोहलाई सहयोग गरेको यथेष्ट आधारहरू फेला परेका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij