Logo

Jun 06 2026 | २०८३, जेठ २३ गते

Jun 06 2026 | २०८३, जेठ २३ गते

मेची भन्सारद्वारा दश महिनामा करिब १३ अर्ब राजस्व संकलन

मेची भन्सारद्वारा दश महिनामा करिब १३ अर्ब राजस्व संकलन

  • काठमाडौं । मेची भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८१/८२ को १० महिनामा  १२ अर्ब ९४ करोड २० लाख ६० हजार राजस्व संकलन गरेको छ । जुन सोही अवधिका लागि निर्धारित लक्ष्यको ९१ दशमलव ५१ प्रतिशत हो । 

    onlinepatrika
    Arghakhachi

    कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईँका अनुसार चालु आवको वैशाख महिनासम्म  १४ अर्ब १४ करोड ४२ लाख २० हजार राजस्व संकलनको लक्ष्य रहेको थियो । ‘गत आव २०८०/८१ को सोही अवधिमा राजस्व  १५ अर्ब आठ करोड ६४ लाख २० हजार राजस्व संकलनको लक्ष्य राखिएकामा ७६ दशमलव ८५ प्रतिशत मात्रै राजस्व संकलन भएको थियो तर यस पटक भने लक्ष्यको ९१ दशमलव ५१ प्रतिशत हासिल गरेका छौँ, ‘उनले भने ।

    AGNI GROUP

    कार्यालयको तथ्याङ्कअनुसार चालु आवको १० महिनाको अवधिमा मेची भन्सारबाट पेट्रोलियम पदार्थको आयातबाट ६० दशमलव ५५ प्रतिशत अर्थात्  सात अर्ब ८३ करोड ६२ लाख ४३ हजार राजस्व संकलन भएको छ । यसैगरी, तरकारीको आयातबाट  ५८ करोड ३३ लाख १५ हजार, यातायातका साधन र तिनका पाटपुर्जाबाट  ३६ करोड ५३ लाख १५ हजार, खनिज उत्पादनबाट  २४ करोड १० लाख ३० हजार, कफीबाट  १९ करोड ३६ लाख ९० हजार, दलहनबाट  २० करोड २९ लाख ९४ हजार, राजस्व संकलन भएको सूचना अधिकारी हुमागाईँले जानकारी दिए। 

    यहाँबाट चालु आवको १० महिनामा  २१ अर्ब ४५ करोड ९३ लाख २३ हजार बराबरको वस्तु निर्यात हुँदा १९ करोड ८९ लाख ६८ हजार राजस्व संकलन भएको छ । सोही अवधिमा  ३८ अर्ब ८८ करोड ७८ लाख ११ हजार बराबरको वस्तु आयात गरिँदा रु १२ अर्ब ७४ करोड ३० लाख ९२ हजार राजस्व संकलन भएको छ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij