
May 22 2025 | २०८२, जेठ ८ गते
काठमाडौँ । दोलखामा बरामद गरेको ११ किलो सुन प्रकरणमा थप एक जना चिनियाँ नागरिक पक्राउ परेका छन् । बुधबार दिउँसो केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले एक जनालाई पक्राउ गरेको ब्युरोका प्रवक्ता एसपी नवराज अधिकारीले जानकारी दिए ।
पक्राउ पर्नेमा चीनको सिचुवान घर भई काठमाडौं महानगरपालिका-१५ किमडोल स्वयम्भू बस्ने ६६ वर्षीय तासी, दावा भन्ने आगर लामा रहेका छन् । एसपी अधिकारीले उनलाई स्वयम्भूबाट पक्राउ गरिएको बताए ।
यो सुन तस्करी गरेको घटनामा सुन अर्डर गर्नेदेखि ल्याउन लगाउने सम्मको भूमिका तासीले खेल्ने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । यस प्रकरणमा अहिलेसम्म ११ जना पक्राउ परेका छन्।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij