
May 22 2025 | २०८२, जेठ ८ गते
काठमाडौँ । तनहुँमा ११ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा भानु नगरपालिका-९ बडहरे बस्ने आबुखैरेनी गाउँपालिका-६ सेप्राङका २६ वर्षीय कर्णबहादुर मास्की रहेका छन् । प्रहरी चौकी पुर्कोटबाट खटिएको टोलीले उनलाई मंगलबार साँझ पक्राउ गरेको हो ।
मास्कीविरूद्ध भदौ २० गते एक बालिकालाई बलात्कार गरेको उजुरी परेको थियो । सोही उजुरीको आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij