
May 22 2025 | २०८२, जेठ ८ गते
काठमाडौँ । कैलालीमा कटुवा पेस्तोलसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका १३ श्रीलंकाका २८ वर्षीय सरोज धानुक रहेका छन् । हतियारको कारोबार गरिरहेको भन्ने विशेष सूचनाको आधारमा प्रहरीले धानुकलाई नियन्त्रणमा लिइएको हो ।
जिल्ला प्रहरी कार्यलय कैलालीका डीएसपी कुलदीप चन्दले उनको साथबाट कटुवा पेस्तोल र गोली फेला परेको बताए । उनलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको जनाइएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij