
May 22 2025 | २०८२, जेठ ८ गते
ललितपुर । चितुवाको छालासहित पाँच जना पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले उनीहरूलाई ललितपुरबाट पक्राउ गरेको हो ।
भोजपुरको आमचोक गाँउपालिका–४ का लक्ष्मण विश्वकर्मा, सोही ठाउँका विनोद कालिकोटे, रामेछापका दलबहादुर आले मगर, धादिङ गल्छीका उमेश दुधराज र सोही ठाउँका प्रेम बिकलाई प्रहरीले पक्राउ गरेको हो ।
सीआईबीका एसपी नवराज अधिकारीले उनीहरूलाई विशेष सूचनाको आधारमा पक्राउ गरिएको जानकारी दिए । उनीहरूलाई सोमबार डिभिजन वन कार्यालय हात्तीवन ललितपुर बुझाएको जनाइएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij