
May 22 2025 | २०८२, जेठ ८ गते
काठमाडौँ । सार्वभौम संसद् र सरकारले निर्णय गरेको एमसीसी परियोजना कार्यान्वयन हुनेमा शंका नगर्न भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले आग्रह गरेका छन् ।
नेपाल भ्रमणमा रहेकी एमसीसी एक्जुकेटिभ डाइरेक्टर एलेक्स अलवाइड र नेपालका लागि अमेरिकी राजदूत डिन थम्पसनसँग भेटवार्ता भएको छ । सोही भेटमा मन्त्री ज्वालाले परियोजना कार्यान्वयनमा शंका नगर्न आग्रह गरेका हुन् ।
एमसीसी परियोजना कार्यान्वयन भए आफू र आफ्नो देश पनि खुसी हुने एमसीसी एक्जुकेटिभ डाइरेक्टर एलेक्स अलवाइडले बताए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij