
May 01 2025 | २०८२, वैशाख १८ गते
काठमाडौं । आज नेपाली बजारमा सुनको मूल्य घटेको छ । आजको मूल्यसूची तय गर्दै नेपाल सुनचाँदी व्यवसायी महासंघले सुनको मूल्य तोलामा ३०० रुपैयाँले घटेको जानकारी दिएको छ ।
आज छापावाल सुनको मूल्य तोलामा १ लाख १२ हजार ५०० रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख ११ हजार ९५० रुपैयाँ कायम भएको छ । हिजो बुधबार छापावाल सुनको मूल्य तोलामा १ लाख १२ हजार ८०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख १२ हजार २५० रुपैयाँ थियो ।
यस्तै, आज चाँदीको मूल्य भने ५ रुपैयाँले बढेको छ । आज चाँदीको मूल्य तोलामा १४ सय १० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । हिजो चाँदीको मूल्य तोलामा १४ सय ५ रुपैयाँमा कारोबार भइरहेको थियो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij