
May 17 2025 | २०८२, जेठ ३ गते
काठमाडौँ । जिल्ला प्रशासन कार्यालय पाल्पा अगाडि गौ हत्याविरुद्ध र्यालीसहित विरोध प्रदर्शन गरिएको छ । विश्व हिन्दु महासंघ पाल्पा र ओमकार परिवारले संयुक्त आयोजनामा विरोध प्रदर्शन गरेका हुन् ।
विश्व हिन्दु महासंघ पाल्पाका अध्यक्ष कमलराज पौडेलले धरानलगायत देशका विभिन्न स्थानमा गौ हत्या गरेकाहरुलाई कारबाहीको माग गर्दै र्याली आयोजना गरिएको बताए ।
तानसेन बजार परिक्रमा गर्दै यालीमा सहभागीहरूले गौ हत्या तत्काल बन्द गरौँ, गौहत्या गर्नेमाथि कारबाही गरौँ, संविधानको पालना गरौँ, सामाजिक सद्भाव कायम गरौँलगायतका नारा लगाएका थिए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij