
Apr 30 2025 | २०८२, वैशाख १७ गते
ललितपुर । नेपाल ओलम्पिक कमिटीले ‘खेलकूद र वातावरण’का ११ सदस्यीय सदस्यहरुलाई स्वागत गरेको छ । गोवर्धन श्रेष्ठको अध्यक्षतामा सम्पन्न स्वागत कार्यक्रममा नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले पदाधिकारीहरुलाई स्वागत गरेका हुन् ।
नेपाल ओलम्पिक कमिटीका अध्यक्ष श्रेष्ठले खेलकूद कार्यक्रमसँगै वातावरणीय संरक्षण र वृक्षारोपण कार्यक्रमलाई महत्वपूर्णरुपमा अगाडि बढाउन आग्रह गरे ।
‘खेलकूद र वातावरण’ समितिका पदाधिकारीहरुमा डा.सन्जय विक्रम श्रेष्ठ, सगुन राणा, डोल्मा लामा शाह, चन्देश्वरनन्द राजबैद्य, शंकर गौतम, प्रदिप राजभण्डारी, धर्मामान बज्राचार्य, प्रितेश श्रेष्ठ, पूर्ण शंकर श्रेष्ठ र गिता शाह छन् ।
गोवर्धन श्रेष्ठ अवकाश प्राप्त प्रहरी वरिष्ठ उपरिक्षक हुन् । उनी टेबलटेनिसका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीसमेत हुन् । कार्यक्रममा नेपाल ओलम्पिक कमिटीका उपाध्यक्ष÷कार्यकारी र्निदेशक चतुरानन्द राज बैद्य तथा महासचिव निलेन्द्र राज श्रेष्ठको उपस्थिति थियो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij