Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

सकारात्मक सोच अभिमुखिकरण तालिम

ललितपुरका संचारकर्मीलाई सकारात्मक मन्त्र

ललितपुरका संचारकर्मीलाई सकारात्मक मन्त्र

'मन मंगलम्, स्वंयम मंगलम् र जगत मंगलम्'

  • ललितपुर । ललितपुर जिल्लामा क्रियाशिल पत्रकारहरूलाई लक्षित ‘सकारात्मक सोच सम्बन्धि अभिमुखीकरण कार्यक्रम’ सकिएको छ । नेपाल पत्रकार महासंघ ललितपुर जिल्ला शाखाको समन्वय तथा ललितपुर महानगरपालिका वडा नं. २१ को सहकार्यमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।

    onlinepatrika
    Arghakhachi

    ललितपुर महानगरपालिका वडा नं. २१ का वडा अध्यक्ष रविन्द्र महर्जनले समाजमा सकारात्मक कुरालाई प्रोत्साहन गर्दै भएको राम्रो कुरालाई जनतासामु प्रभाव पार्नु अहिलेको आवश्यकता रहेको बताए । 

    AGNI GROUP

    कार्यक्रमका प्रमुख अतिथि तथा नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष एवम् पूर्वमन्त्री पम्फा भुसालले ‘नेपालको परिवर्तनमा मिडियाले खेलेको भूमिका महत्वपूर्ण छ भन्दै पत्रकारहरु र मिडियाले आलोचनासँगसँगै सकारात्मक सन्देश प्रवाहमा पनि जोड दिनुपर्ने’ धारणा राखिन् ।

    positve patrkar.jpgललितपुर महानगरपालिका वडा नं. २१ का वडा अध्यक्ष रविन्द्र महर्जनले समाजमा सकारात्मक कुरालाई प्रोत्साहन गर्दै भएको राम्रो कुरालाई जनतासामु प्रभाव पार्नु अहिलेको आवश्यकता रहेको बताउँदै पत्रकारिता क्षेत्रबाट सकारात्मक कुराहरुको समाजमा प्रचारप्रसार गर्दै सम्भावनाको खोजीलाई जोड दिने गरी लेखेर योगदान दिनुपर्ने बताए । 

    नेपाल पत्रकार महासंघ ललितपुर जिल्लाका अध्यक्ष रामहरि कार्कीले किताबी ज्ञान भन्दा जीवनको भोगाइ र अनुभवबाट सीप आर्जन गर्नुपर्ने धारणा राख्दै कुनै पनि उद्देश्यअनुसार काम गर्दा सकारात्मक सोच राख्नुपर्ने बताए । 
    महासंघका सचिव दिपक अर्यालले संकीर्ण सोचको अन्त्य गरी पत्रकारहरुले आफ्नो जीवनमा सधैँ सकारात्मक सोचकासाथ काम गर्नुपर्ने बताए ।

    नेपाल पत्रकार महासंघ ललितपुर जिल्लाका सहसचिव सौगात मिश्रले स्वागत मन्तव्य व्यक्त गर्दै कार्यक्रमको औचित्य बारेमा जानकारी दिएका थिए ।

    प्रशिक्षणका क्रममा मन र मस्तिस्कलाई सकरात्मक ढंगले चलाउन सक्ने हो भने मानिसमा नकरात्मक भावनाहरु पैदा नहुने, लोभ क्रोध, मोह, अलंङ्कार त्याग्न सकिने भएकाले आफुले सधै शुभ भावना लिनुपर्ने प्रशिक्षक कपिल शर्माले बताए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij