Logo

Apr 30 2025 | २०८२, वैशाख १७ गते

Apr 30 2025 | २०८२, वैशाख १७ गते

बसुन्धरामा भ्यानको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

बसुन्धरामा भ्यानको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

  • काठमाडौँ । काठमाडौँको बसुन्धरामा भ्यानको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सङ्खुवासभा मकालु गाउँपालिका–१ का दावा दोर्जे शेर्पा रहेका छन् । 

    images
    images
    images

    गए राति काठमाडौँ महानगरपालिका–३ तिलिङ्गाटारमा बागमती प्रदेश ०१-०२७ च ६७४७ नम्बरको भ्यानले प्रदेश ३-०२-००६ प ६४०५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

    काठमाडौँ उपत्यका ट्राफिक कार्यालयले गम्भीर घाइते शेर्पाको उपचारका क्रममा ग्रिनसिटी अस्पताल वसुन्धरामा मृत्यु भएको जनाएको छ । मोटरसाइकलको पछाडि बस्ने १९ वर्षीय डोल्मा शेर्पा घाइते भएकी छन् । उनको ग्रिनसिटी अस्पतालमा उपचार जनाइएको छ । भ्यानका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

    बारा घर भई काठमाडौँको माछापोखरी बस्ने २५ वर्षीय जितेन्द्र माझी भ्यानका चालकको साथमा कागजपत्र नभएको र मादक पदार्थ सेवन गरी सवारी साधन चलाएको पाइएको प्रहरीले जनाएको छ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij